विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
भक्तपुर । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक शैक्षिक संस्थाले विद्यार्थीहरूलाई देशभक्त बनाउनुपर्ने बताएका छन्।
आज भक्तपुरको वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रममा उहाँले प्रत्येक विद्यार्थीमा देशप्रेमको भावना जगाउन आवश्यक रहेको बताएका हुन्।
अध्यक्ष विजुक्छेँले भने, ‘शिक्षा क्षेत्रलाई खतम पारेपछि मात्र साम्राज्यवादीहरूले आफ्नो स्वार्थ पूरा गर्न सक्छन्, पुँजीवादी शक्तिहरू विभिन्न शैलीमा अगाडि बढिरहेका छन्। आर्थिक रूपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र हुँदैन, यसैले पाठ्यक्रम र पाठ्यपुस्तकका अलावा विद्यार्थीहरूलाई देशप्रेमको शिक्षा दिन आवश्यक छ।’
नेपालले अनिवार्य र निःशुल्क शिक्षा नीति नलिएसम्म शिक्षा महँगो हुने बताउँदै उनले विद्यार्थीलाई कामदारका रूपमा बाहिर मुलुकमा जान बाध्य पर्ने शिक्षा प्रणालीमा रुपान्तरणको आवश्यकता औँल्याए।
कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने प्रयास भइरहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment