No ads found for this position
No ads found for this position

बार्सिलोनाका दुई फरक अनुहारः घरको बाघ वनको स्याल

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३० भदौ २०७६ १६:१२
No ads found for this position

काठमाडौं। ला लिगा सान्ट्यान्डरमा यो सिजन खेलिएका ४ खेलमा बार्सिलोनाका २ फरक अनुहार देखिएका छन् । बार्सिलोनाले आफ्नो घरमा खेलिएको खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ तर अवे खेलमा भने निकै निरीह देखिएको छ । बार्सिलोनाको स्थिति नेपाली उखान ‘घरको बाघ वनको स्याल’ भनेजस्तै देखिएको छ ।

ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिल्बाओविरुद्ध उसैको घरमा खेल्दा अर्नेष्टो भालभर्देले कार्लेस एलेना, फ्रेंकी डि जोङ र सर्जि रोबर्टोलाई मिडफिल्डमा उतारे । खेलमा र्बािलोनाका खेलाडीहरु एक अर्कासँग तालमेल नमिलेका देखिए र अन्ततः अर्टिज अडुरिजले गोल गरेपछि बार्सिलोना पराजित भयो ।

एक हप्तापछि रियल बेटिस खेल्नको लागि बार्सिलोना गयो । जुन खेलमा एन्टोइन ग्रिजम्यानले आफ्नो नयाँ क्लवको लागि पहिलो गोल गरे । साथमा एकेडेमीका उत्पादनहरु कार्लेस पेरेज र अंशु फाटीले सबै चर्चा बटुले । अर्को हप्ता बार्सिलोना ओसासुनासँग खेल्न एल साडार गयो । ओसासुना अघिल्लो सिजनको प्रदर्शनको आधारमा तल्लो लिगबाट यही सिजन ला लिगामा प्रमोसन भएको थियो । अघिल्लो सिजनको ला लिगा विजेता बार्सिलोनाले यसै सिजन ला लिगामा स्थान बनाउन सकेको ओसासुनालाई समेत जित्न सकेन । उसले २–२ को बराबरी खेल्यो ।

यो खेलमा फाटीले मुख्य केन्द्रमा थिए । १६ वर्षे यी खेलाडीले शनिबार भएको भ्यालेन्सियाविरुद्धको खेलमापनि उनले टिमको लागि पहिलो गोल गरे । उनले अर्को गोलको लागि डि जोङलाई असिस्ट पनि गरे । बार्सिलोनाको घरमा बलियो तर अवे खेलमा निरीह अवस्थाले उसको लागि चुनौती थपिएको छ । बुधबार बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा बोरुसिया डर्टमण्डसँग खेल्न उसकै घरमा जाँदैछ त्यसपछि ला लिगामा ग्रानाडासँग खेल्न उसकै घरमा जाँदैछ । यी खेलमा यही फर्म दोहोरिएमा बार्सिलोना समस्यामा पर्न सक्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *