प्रत्येक आन्दोलन र नागरिक विद्रोहमा पहिलो आक्रमण निजी क्षेत्रमा हुनु दुखद् : अर्थमन्त्री खनाल

डिसी नेपाल
१६ पुष २०८२ १८:०९
20
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रमा हुनु दुखद् रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले प्रत्येक पटकको आन्दोलननागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रलाई हुनुले निजी क्षेत्र र नागरिबीचको कम्प्याक्ट जरुरी रहेको सन्देश दिएको बताए।

उनले भने,‘प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रलाई हुन्छ। त्यसले के प्रश्न उब्जायो भने सरकार निजी क्षेत्रबीचको कम्प्याक्ट निजी क्षेत्र र राजनीतिक दलबीचको कम्प्याक्टले मात्र पुगेन निजी क्षेत्र र नागरिबीचको कम्प्याक्ट त्यति नै जरुरी छ भन्ने बुझिन्छ।’

त्यस्तै उनले निजी क्षेत्रले सृजना गरेको सम्पति लगानीकर्ताको मात्र नभई राष्ट्रको सम्पति रहेको बताए। त्यसैले निजी क्षेत्रको क्षति हुनु भनेको राष्ट्रको क्षति हुनु रहेको उनी बताउँछन्।

उनले भने, ‘निजी क्षेत्रले सृजना गरेको सम्पति लगानीकर्ताको मात्र सम्पति होइन् त्यो राष्ट्रको सम्पति हो। त्यसैले त्यसको क्षति हुनु भनेको राष्ट्रको क्षति हुनु हो। निजी क्षेत्रले कमाएको नाफा निजी क्षेत्रले मात्र भोग गर्ने होईन। त्यही नाफाबाट सरकारलाई कर जाने हो। त्यही नाफाबाट कर्मचारीलाई बोनस जाने छ।’

मन्त्री खनालले जेनजी युवाहरुले उठाएको भ्रष्टारविरुद्धको आवाज र सुशासनको माग खालि सरकारी निकाय र राजनितिज्ञबाट नभई निजी क्षेत्र,समुदाय र गैरसरकारी संस्थाहरु लगायत सबैतिरबाट रहेको बताए।

जेनजी युवाहरुले उठाएको भ्रष्टारविरुद्धको आवाज र सुशासनको माग खालि सरकारी निकाय र राजनीतिज्ञबाट मात्रै होइन। निजी क्षेत्र,समुदाय र गैरसरकारी संस्थाहरु सबैतिरबाट हो ,’उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.