No ads found for this position
No ads found for this position

नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने आईसीसीको संकेत

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३० भदौ २०७६ १८:२५
No ads found for this position

काठमाडौं । करिब ४ वर्षदेखि निलम्बन झेलिरहेको नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा हुने शुभ संकेतहरु देखिएका छन्। अन्तर्र्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानको निलम्बन फुकुवा गर्ने संकेत दिएको छ।

आईसीसीको आगामी बोर्ड बैठकबाट क्यानको निलम्बन फुकुवा हुने सम्भावना रहेको सोमबार आईसीसीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।

आईसीसीका उपप्रमुख ईमरान ख्वाजा र अमर शेख सहितको टोली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालबीच सोमबार काठमाडौंमा भएको बैठक सकरात्मक रहेको आईसीसीले जनाएको छ।

बैठकले असोज १० र ११ गते क्यानको साधारण सभा गर्ने सहमती गरेको आईसीसीले उल्लेख गरेको छ। सो साधारण सभामा कुनै राजनीतिक हस्तक्षेप नभए नेपालको निलम्बन फुकुवा हुने सम्भावना रहेको उपप्रमुख ख्वाजाले बताएका छन्। उनले आईसीसीले बनाएको स्वतन्त्र समितिलाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने विश्वाससमेत गरेका छन्। स्वतन्त्र समितिले क्यानको विधानअनुसार जिल्ला र प्रदेश साधारण सभा गरिसकेको र अब केन्द्रीय साधारण सभा पनि हुने विश्वास उनले व्यक्त गरेको आईसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सोमबार आईसीसीका प्रतिनिधिहरुसँगको छलफलपछि काठमाडौंमा आयोजित एक कार्यक्रममा राखेप सदस्य सचिब सिलवालले आगामी बोड बैठकले नेपालको निलम्बन फुकुवा गर्ने विश्वास व्यक्त गरेका थिए। क्यानको आगामी असोज ३ र ४ गतेका लागि तोकिएको साधारण सभा मितिमा राखेपले विरोध जनाएपछि अन्योलता देखिएको थियो। तर, सोमबारको बैठकमा सहमति भएपछि आगामी असोज १० र ११ गते साभारण सभा हुने लगभग पक्का भएको छ। साधारण सभा भए क्यानको निलम्बन फुकुवा हुने देखिएको छ। हाल नेपाली क्रिकेटको व्यवस्थापन आईसीसीले गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *