नागरिक बचाउ अभियानसँगको वार्ता सकारात्मक : मन्त्री खरेल
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिए।
दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्दर्भमा सहमति भएको उनको भनाइ छ।
‘वार्ता सकारात्मक छ। संविधान र कानुनअन्तर्गत रहेर उनीहरुको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरूको मागबारे केस्रा केस्रा छलफल भएको छ’, उनले भने, ‘सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ।’
वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरू गम्भीर चासोका साथ लिएको थियो भने संयोजक प्रसाईंले अभियानको मागप्रति सरकारको ध्यानाकर्षण गराएको जनाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment