रमेश लेखकको स्थान हद फुकुवा
काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ।
बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो।
लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो।
आयोगले सोमबारदेखि लेखकको बयान लिएकोमा बयान सकिएपछि स्थान हद फुकुवा गरेको हो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment