कांग्रेसको विशेष महाधिवेशन भन्दै बुक गरियो भृकुटीमण्डपको हल

डिसी नेपाल
१७ पुष २०८२ १८:३९
936
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्नका लागि भन्दै काठमाडौंको भृकुटीमण्डपस्थित हल बुकिङ गरिएको छ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार पुस २७ र २८ गतेका लागि हल बुकिङ गरेका हुन्।

‘विशेष महाधिवेशन गर्ने उद्देश्यका साथ पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा हल बुक गरेका छौं,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने।

महामन्त्री थापाले शुक्रबार एकता र मेलमिलाप दिवसको अवसर पारेर सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेको बताएका थिए।

‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।

गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ।

यसअघि दुवै पक्षले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने सहमति गरेकोमा निर्धारित मितिमा नियमित महाधिवेशन गर्ने संकेत नदेखिएपछि विशेष महाधिवेशन पक्षधर समूह पुन: सक्रिय बनेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *