भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
भक्तपुर। भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या पुगेको छ। जिल्ला निर्वाचन कार्यालयले भक्तपुरले आज यसबारे जानकारी दिँदै भक्तपुरमा एक लाख पाँच हजार २६५ महिला, एक लाख १४० पुरुष तथा पाँच जना अन्य मतदाता रहेको जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम जिसीका अनुसार भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिका क्षेत्रमा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता गरी कूल एक लाख सात हजार ५४ मतदाता रहेका छन्।
त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाभित्र ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र पाँच जना अन्य मतदाता गरी कूल ९८ हजार ३५६ मतदाता रहेका छन्।
भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र गरी जिल्लामा कूल ७६ मतदानस्थल र २३३ मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी जिसीले जानकारी दिए। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment