जेन-जी आन्दोलन जाँचबुझ आयोगले देउवा र प्रचण्डलाई पनि बोलायो
काठमाडौँ । जेन जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजन पुष्पकमल दाहाल प्रचणडलाई पनि पत्र लेखेको छ ।
आयोगले उनीहरूलाई आफ्नो धारणा राखिदिन भन्दै पत्र पठाएको हो । दुवै नेतासँग उक्त घटनासँग सम्बन्धित विवरण माग गरिएको आयोग स्रोतले जनाएको छ । आन्दोलनको क्रममा दुवै नेताहरूको घरमा आक्रमण र लिटपाट भएको थियो । कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजुमाथि कुटपिट समेत भएको थियो ।
आयोगले यस घटनासँग सम्बन्धित तत्कालीन गृहमन्त्री रमेश लेखकसहित १५० भन्दा धेरैसँग बयान लिइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने आयोगको तयारी छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment