No ads found for this position
No ads found for this position

१३औ सागका लागि बक्सिङका ८ खेलाडी छनोट

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३० भदौ २०७६ २२:०२
No ads found for this position

काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि सोमबार आठ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन् ।

सोमवार भएको महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलीसकी दिवाना शेर्मालाई अंकका आधारमा ५–० ले पराजित गरिन् । महिला ५१ केजीमा एपीएफकी माला राईले प्रदेश ३ की रोशनी राईलाई अंकका आधारमा ५–० ले हराउदै छनोट भईन् ।

महिलाकै ६० केजी एपीएफकी संगिता सुनुवार छनोट भएका छन् । संगीता सुनुवारले आर्मीकी सविना श्रेष्ठलाई अंकका आधारमा ५–० ले पराजित गरिन्।

यस्तै पुरुष तर्फ ५२ केजीमा आर्मीका तेज वहादुर देउवाले पुिलसका चन्द्र बहादुर थापालाई अंकका आधारमा ५–० ले पराजित गर्दै छनोट भए । पुरुष ६० केजी तौल समुहमा आर्मीका विमल रोकाले खेल परित्याग (वाकओभर) गरेपछि प्रदेश ३ का सनिल शाही छनोट भएका छन् ।

पुरुष ६४ केजीमा पुलिसका भुपेन्द« थापाले आर्मीका सुरेश नेपालीलाई अंकका आधारमा ४–१ ले हराउदै छनोट भएका छन् । पुरुष ९१ केजीमा आर्मीका अर्जुन सिंगुले एपीएफका गोकुल गुरुङलाई अंकका अधारमा ४–१ ले हराउदै छनोट भएका छन् ।

पुरुषकै ९१ केजी भन्दा माथिको तौल समुहमा आर्मीका आशिष दवाडी छनोट भएका छन् । प्रदेश ३ का सनी जुवा तेश्रो राउण्डमा घाइते भएपछि दवाडी छनोट भएका हुन । मंगलवार छनोटको अन्तिम खेल हुने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *