देशको राजनीतिलाई सङ्लो पार्न आएका हौं : स्वर्णिम वाग्ले

डिसी नेपाल
१९ पुष २०८२ २१:३८
32
Shares

लेखनाथ (कास्की)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले देशको राजनीतिलाई सङ्लो पार्न र देशको समृद्धिका लागि रास्वपाको उदय भएको बताएका छन्।

रास्वपाको गण्डकीस्तरीय सदस्य भेटघाट कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै डा वाग्लेले आगामी फागुनमा हुने आफ्नो पार्टीले बहुमत प्राप्त गरेमा उदाहरणीय राजनीतिक संस्कार बसास्ने प्रतिवद्धता व्यक्त गरे।

‘ताजा जनादेशका लागि चुनावमा आएका छौँ। सुशासनको जगमा टेकेर देशलाई समृद्ध बनाउँदै संस्थागत र नीतिगत सुधारमा जान बहुमत खोजेका हौँ‘, उनले भने, ‘विशेष रणनीतिका साथ देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानेछौँ।‘

वाग्लेले ऊर्जा, कृषि, पर्यटनको विकासमार्फत देशमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा राखे। नीतिगत भ्रष्टाचार, सुशासन नहुनुलगायत कारणले युवामा असन्तुष्टि पैदा भएको उनको भनाइ छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले निर्वाचनसँगै फागुन २१ पछि आफ्नो पार्टी काममा व्यस्त हुने बताए। पार्टीका प्रवक्ता मनिष झाले नेपाली जनताको हितमा पार्टी सदैव सक्रियताका साथ लाग्ने बताए।


No ads found for this position

प्रतिक्रिया

One thought on “देशको राजनीतिलाई सङ्लो पार्न आएका हौं : स्वर्णिम वाग्ले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *