पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै

डिसी नेपाल
२० पुष २०८२ १०:३४
76
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पहिलो केन्द्रीय समिति बैठक बस्ने भएको छ।

बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति माग गरिएको छ। मुख्य एजेन्डामा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी छलफल रहने बताइएको छ।

रास्वपा, ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच पुस १४ गते भएको एकता पश्चात् यो पहिलो केन्द्रीय बैठक हो। पार्टीका लागि यस बैठकलाई आगामी रणनीति निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *