बालेनसहित २६ जना रास्वपाको केन्द्रीय सदस्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहसहित २६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज साँझ बसेको बैठकले उक्त निर्णय गरेको नेता मनिष झाले जानकारी दिए। आजको बैठकमा थपिएका सात जना केन्द्रीयसमेत सहभागी थिए।
रास्वपा र काठमाडौं महानगरपालिका प्रमुख साहबीच सहकार्य गर्नेसम्बन्धी सम्झौता यसअघि नै भइसकेको छ । रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि पार्टी एकतासम्बन्धी सम्झौता भइसकेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment