No ads found for this position
No ads found for this position

अफगानिस्ताले तोड्यो टी–२० अन्तर्राष्ट्रिय खेलमा आफ्नै रेकर्ड

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ ६:२६
No ads found for this position

एजेन्सी । अफगानिस्तानले टी–२० अन्तर्राष्ट्रिय खेलमा लगातार १२औं खेलमा जित निकालेको छ। बंगलादेश र जिम्बावेसँग त्रिकोणीय सिरिज खेलिरहेको अफगानिस्तानले आइतबार भएको टी–२० खेलमा जित हात पार्दै नयाँ रेकर्ड बनाएको हो।

अफगानिस्तानले घरेलु टिम बंगलादेशमाथि २५ रनको जित निकाल्यो। जससँगै अफगानिस्तान सन् २०१६–१७ मा आफैले बनाएको रेकर्ड भंग गर्न सफल भयो। २०१६–१७मा अफगानिस्तानले लगातार ११ औं जित हासिल गरेको थियो।

लगातार १२ खेल निकाल्ने क्रममा अफगानिस्तानले बंगलादेशलाई ४ पटक र जिम्बावेलाई ३ पटक पराजित गरेको छ। यस्तै आयरल्यान्डमाथि लगातार पाँच खेलमा जित हात पारेको छ।

आइतबार पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १६४ रन जोड्यो। उसका लागि मोहमद नाबीले नटआउट ८४ रन जोडे। जवाफी ब्याटिङ गरेको बंगलादेश १ बल खेल्न बाँकी छदा १३९ रनमा अलआउट भयो। उसका लागि मोहमदुल्लाहले सबैभन्दा बढी ४४ रन जोडे। बलिङमा अफगानिस्तानका मुजिर उर रहमानले ४ विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *