No ads found for this position
No ads found for this position

हङकङ क्रिकेटमा ठूलो उथलपुथल, बाबर हायातसँगै सिनियर खेलाडीले फिर्ता लिए टिमबाट नाम

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ ७:४१
No ads found for this position

एजेन्सी । हङकङका कप्तान अन्शुमान राथले देशबाट नखेल्ने घोषणा गरेको अर्को दिन अर्का खेलाडी बाबर हायातले पनि टी–२० छनोटको टिमबाट नाम फिर्ता लिएका छन ।

भारतमा क्रिकेट खेल्ने लक्ष्यका साथ अन्शुमानले देशबाट नखेल्ने बताएको अर्को दिन हायातले पनि टी–२० विश्वकप छनोट नखेल्ने भन्दै नाम फिर्ता लिएका छन । उनको स्थानमा तनविर अफ्जलले स्थान लिएका छन । हायातले ओमान र यूएई टुरमा टिममा नपरेको भन्दै विश्वकप छनोट नखेल्ने बताएका हुन ।

हायातसँगै इसान नवाज र तनविर अहमदले पनि नखेल्ने बताएका छन । दुबै खेलाडी यो टुरका लागि १५ खेलाडीको सूचीमा थिए, तर अन्तिम समयमा उनीहरुलाई रिर्जब खेलाडीमा राखेपछि दुबैले नाम फिर्ता लिनुका साथै हङकङ क्रिकेट बोर्डसँगको सम्झौता पनि रद्ध गर्ने भएका छन ।

हङकङका नयाँ प्रशिक्षक ट्रेन्ट जोनस्टोनलाई हायात, नवाज र अहमेदले अफ्जललाई टिममा राख्नुपर्ने बताएका थिए । तर प्रशिक्षकले अन्तिममा उनलाई नराखेपछि हायातसँग अरु दुई खेलाडीले पनि नाम फिर्ता लिएका हुन ।

ट्रेन्ट प्रशिक्षकका रुपमा आएको तीन सातामा नै हङकङ टिमका सिनियर खेलाडीलाई ड्रप गरेका छन । योसँगै हङकङ क्रिकेटमा ठुलो उथलपुथल भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *