No ads found for this position
No ads found for this position

प्रशिक्षणमा फर्किए मेस्सी, च्याम्पियन्स लिगको पहिलो खेल्ने

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ ८:१९
No ads found for this position

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । खुट्टाको पिडुलाको चोटको कारण मैदान बाहिर रहेका मेस्सी आइतबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।

चोटका कारण मेस्सीले यो सिजन खेलेका छैनन् । मेस्सीबिनाको बार्सिलोनाले यस सिजन ४ खेलमा २ जितसहित ७ अंक जोडेको छ । तर, मेस्सी च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्डसँगको खेलअघि प्रशिक्षणमा फर्किएका हुन् ।

बार्सिलोनाले बुधबार डर्टमण्डसँग उसैको मैदानमा खेल्दै च्याम्पियन्स लिगको सुरुवात गर्नेछ । डर्टमण्डसँगको खेल मेस्सी मैदान उत्रने सम्भावना रहेको बताईएको छ ।

च्याम्पियन्स लिगमा आज राति बार्सिलोनाले डर्टमन्डसँग पौने एक बजे जर्मनमा खेल्दैछ । आफ्ना मुख्य खेलाडी फिट भएपछि क्लबले अवे खेलमा अंक बटुल्ने लक्ष्य लिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *