No ads found for this position
No ads found for this position

रियलका घाइते खेलाडीको सूचीमा मार्सेलो पनि थपिए

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ १०:०१
No ads found for this position

एजेन्सी । युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन शुरु हुन लागेको छ। तर नयाँ सिजनको मुखैमा च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली स्पेनिस महारथी रियल म्याड्रिडलाई चोटै चोट पिरोलेको छ ।

बुधबार समूह ‘ए’ मा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध खेल्नु अघि भरपर्दा लेफ्ट ब्याक ब्राजिली मार्सेलोलाई पनि गुमाउने पक्का भएपछि रियलमा चोटको समस्या थप बल्झिएको हो ।

रियलले बुधबार पीएसजीसँग खेल्दै नयाँ सिजनको च्याम्पियन्स लिग सुरुवात गर्दैछ । मार्सेलोलाई ब्याक स्टे«न भएको क्लबले उल्लेख गरेको छ । सोमबार क्लबको मेडिकल टोलीले गरेको परीक्षणमा मार्सेलोलाई पोस्ट–ट्रोउम्याटिक सेर्भिकोडर्सलको समस्या रहेको र उनले पीएसजीविरुद्धको खेल गुमाउने पक्का भएको क्लबले उल्लेख गरेको छ ।

मार्सेलोको अनुपस्थितिमा १३ पटकको युरोपेली च्याम्पियन रियलले पीएसजीविरुद्ध यसै सिजन क्लबमा अनुबन्ध भएका फरल्यान्ड मेन्डीलाई मौका दिन सक्नेछ ।

रियलका इस्को, लुका मोड्रिच, मार्को एसेन्सो र फेडे भालभेर्डेले चोट बोकेका छन् । कप्तान सर्जियो रामोस र नाचो फर्नान्डेज प्रतिबन्धमा छन् ।
लगातार तीन पटकको च्याम्पियन रियाल गतवर्ष प्रि–क्वाटरफाइनलमा आयाक्ससँग पराजित हुदै बाहिरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *