भारतीय महिला क्रिकेट टिमलाई ‘म्याच फिक्सिङ’को अफर आएको खुलासा

डिसी नेपाल
३१ भदौ २०७६ १०:५३

एजेन्सी । भारतीय महिला क्रिकेट टिमलाई खेल मिलेमतो (फिक्सिङ) को अफर आएको तथ्य सार्वजनिक भएको छ ।

यस वर्षको सुरुवातमा महिला टिमलाई फिक्सिङको अफर आएको भारतीय क्रिकेट बोर्डको एन्टी करप्सन युनिटले पुस्टि गरेको छ । गत फेब्रुवरीमा इंग्ल्याण्डविरुद्धको सिरिज अघि भारतीय महिला टिमलाई फिक्सिङको अफर आएको क्रिकइन्फोले जनाएको छ।

दुई फिक्सरले भारतीय टिमका केहि सदस्यलाई भेटेर ठुलो रकम दिने भन्दै फिक्सिङका लागि अफर गरेको थियो । राकेश बाफ्ना र जितेन्द्र कोठारीले भारतीय महिला टिमलाई फिक्सिङको अफर गरेका थिए । अहिले बैंगलोरका प्रहरीले उनीहरुविरुद्ध मुद्दा चलाएका छन् ।

फिक्सिङको अफर आएपछि खेलाडीहरुले भारतीय क्रिकेट बोर्डलाई जानकारी गराएका थिए । भारतीय महिला क्रिकेट टिमलाई आएको फिक्सिङको यो अफर कुनै पनि महिला टिममाथि आएको पहिलो अफर हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *