No ads found for this position
No ads found for this position

भारतीय महिला क्रिकेट टिमलाई ‘म्याच फिक्सिङ’को अफर आएको खुलासा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ १०:५३
No ads found for this position

एजेन्सी । भारतीय महिला क्रिकेट टिमलाई खेल मिलेमतो (फिक्सिङ) को अफर आएको तथ्य सार्वजनिक भएको छ ।

यस वर्षको सुरुवातमा महिला टिमलाई फिक्सिङको अफर आएको भारतीय क्रिकेट बोर्डको एन्टी करप्सन युनिटले पुस्टि गरेको छ । गत फेब्रुवरीमा इंग्ल्याण्डविरुद्धको सिरिज अघि भारतीय महिला टिमलाई फिक्सिङको अफर आएको क्रिकइन्फोले जनाएको छ।

दुई फिक्सरले भारतीय टिमका केहि सदस्यलाई भेटेर ठुलो रकम दिने भन्दै फिक्सिङका लागि अफर गरेको थियो । राकेश बाफ्ना र जितेन्द्र कोठारीले भारतीय महिला टिमलाई फिक्सिङको अफर गरेका थिए । अहिले बैंगलोरका प्रहरीले उनीहरुविरुद्ध मुद्दा चलाएका छन् ।

फिक्सिङको अफर आएपछि खेलाडीहरुले भारतीय क्रिकेट बोर्डलाई जानकारी गराएका थिए । भारतीय महिला क्रिकेट टिमलाई आएको फिक्सिङको यो अफर कुनै पनि महिला टिममाथि आएको पहिलो अफर हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *