डर्टमण्डविरुद्ध मेस्सी खेल्ने कि नखेल्ने अझै अनिश्चित
काठमाडौं। लियोनेल मेस्सीलाई बोरुसिया डर्टमण्डविरुद्ध च्याम्पियन्स लिगको लागि बार्सिलोना टिमको सूचीमा अटाएका छन् । तर, प्रशिक्षक अर्नेष्टो भालभर्देले भने आफूले अझै पनि मेस्सी खेल्छन् वा खेल्दैनन् भन्ने निर्णय गर्न बाँकी नै भएको बताएका छन् । च्याम्पियन्स लिगमा बार्सिलोना र डर्टमण्डको खेल आज राती पौने १ बजे हुँदैछ ।
भालभर्देले मेस्सी खेल्ने वा नखेल्ने भन्ने निर्णय खेलअघि लिइने बताएका छन् । ‘हामीले यस विषयमा खेलअघि निर्णय गर्नेछौं’ भालभर्देले बार्सिलोनाको प्रि–म्याच प्रेस कन्फ्रेन्समा भने ‘केही दिन अघिसम्म हामी प्रस्ट थिएनौं तर पछिल्लो प्रशिक्षण राम्रोसँग सकिएको छ र उनी असहज देखिएका छैनन् ।’ खेल्ने क्रममा चोटको बारेमा सोचाइ आउन नहुने बताउँदै भालभर्देले मेस्सीले चोटबारे सोचेको जस्तो नदेखिएको बताए । ‘उनले धेरै सुधार गरेका छन् तर हामीले भोलि हेर्नेछौं’ भालभर्देले भने ।
यदि अंसु फाटीले जर्मनीमा हुने यो खेलमा डेब्यू गरे भने उनी बार्सिलोनाको लागि च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी हुनेछन् तर भालभर्देले उनलाई आफूले रणनीतिक कारणले मात्र उपयोग गर्ने बताएका छन् । ‘मैले उनीसँग रणनीतिक कुराहरु बाहेक अरु विषयमा धेरै कुरा गरेको छैन’ भालभर्देले भने ‘मलाई धेरै सुझाव दिन मन पर्दैन तर म उनीसँग कुरा गर्नेछु ।’ भालभर्देले परिस्थितिअनुसार फाटी खेल्ने वा नखेल्ने निर्णय हुने बताउँदै यदि उनी खेलेमा यो रेकर्ड तोड्नको लागि नभइ टिमको आवश्यकताको कारण हुने बताए
No ads found for this position

डिसी नेपाल
Facebook Comment