No ads found for this position
No ads found for this position

रियलसँग आज हुने भिडन्तमा पिएसजी संकटमा, तीनैजना आक्रामक फरवार्ड गुमायो

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ १२:२३
No ads found for this position

काठमाडौं। च्याम्पियन्स लिगमा आज हुने रियल मड्रिडसँगको खेलमा पिएसजीसँग उसका सबैभन्दा आक्रामक तीनैजना फरवार्ड हुने छैनन् । रियल मड्रिडको घरेलु मैदानमा आज राती पौने १ बजे हुने खेलमा पिएसजीमा तीन आक्रामक फरवार्ड नेइमार, किलियन एम्बाप्पे र एडिन्सन काभानी हुने छैनन् ।

नेइमार र एम्बाप्पे यो खेल खेल्न नसक्ने पहिल्यै निश्चित थियो तर काभानीको चोट भने धेरै सुधार भएकोले उनी खेल्ने आशा गरिएको थियो । तर अन्तिम समयसम्म उनी पूर्ण रुपमा फिट नभएपछि अन्ततः उनी पनि यो खेलमा नखेल्ने भएका हुन् ।

नेइमार प्रतिबन्धका कारण यो खेल खेल्न पाउने छैनन् । गत सिजन म्यान्चेस्टर युनाइटेडसँग च्याम्पियन्स लिगको राउण्ड अफ १६ मा हारेपछि उनले रेफ्रीमाथि गरेको कमेन्टका कारण उनीमाथि प्रतिबन्ध लगाइएको थियो । किलियन एम्बाप्पे भने घाइते भएका कारण खेल्न सक्दैनन् । आफ्ना आक्रामक ३ फरवार्डसँगै पिएसजीले जुलियन ड्राक्सलेर, थिलो केहरर र कोलिन डाक्बालाई पनि मिस गर्नेछ । उनीहरु तीनैजना पनि घाइते छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *