रियलसँग आज हुने भिडन्तमा पिएसजी संकटमा, तीनैजना आक्रामक फरवार्ड गुमायो

डिसी नेपाल
३१ भदौ २०७६ १२:२३

काठमाडौं। च्याम्पियन्स लिगमा आज हुने रियल मड्रिडसँगको खेलमा पिएसजीसँग उसका सबैभन्दा आक्रामक तीनैजना फरवार्ड हुने छैनन् । रियल मड्रिडको घरेलु मैदानमा आज राती पौने १ बजे हुने खेलमा पिएसजीमा तीन आक्रामक फरवार्ड नेइमार, किलियन एम्बाप्पे र एडिन्सन काभानी हुने छैनन् ।

नेइमार र एम्बाप्पे यो खेल खेल्न नसक्ने पहिल्यै निश्चित थियो तर काभानीको चोट भने धेरै सुधार भएकोले उनी खेल्ने आशा गरिएको थियो । तर अन्तिम समयसम्म उनी पूर्ण रुपमा फिट नभएपछि अन्ततः उनी पनि यो खेलमा नखेल्ने भएका हुन् ।

नेइमार प्रतिबन्धका कारण यो खेल खेल्न पाउने छैनन् । गत सिजन म्यान्चेस्टर युनाइटेडसँग च्याम्पियन्स लिगको राउण्ड अफ १६ मा हारेपछि उनले रेफ्रीमाथि गरेको कमेन्टका कारण उनीमाथि प्रतिबन्ध लगाइएको थियो । किलियन एम्बाप्पे भने घाइते भएका कारण खेल्न सक्दैनन् । आफ्ना आक्रामक ३ फरवार्डसँगै पिएसजीले जुलियन ड्राक्सलेर, थिलो केहरर र कोलिन डाक्बालाई पनि मिस गर्नेछ । उनीहरु तीनैजना पनि घाइते छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *