सूर्य थापाको टिप्पणी: एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन

डिसी नेपाल
२८ पुष २०८२ १४:२७
176
Shares

काठमाडौं। नेकपा (एमाले)का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरी एमालेलाई गाली गरेकोप्रति कटाक्ष गरेका छन्।

कांग्रेस नेताहरूको उक्त गतिविधिलाई सङ्केत गर्दै थापाले एमालेको चरित्र त्यस प्रकारको नभएको स्पष्ट पारे।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन’ भनेर टिप्पणी गरेका छन्।

उनले यस्तो राजनीतिक संस्कारप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै ‘चेतना भया!’ भन्ने शब्द प्रयोग गरेका छन्।

थापाको यो प्रतिक्रिया नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै जाँदा सभापति देउवालाई किनारामा राखेर अघि बढ्ने प्रयास भएको आरोपसँग जोडिएको छ।

उनको अभिव्यक्तिलाई एमालेको आन्तरिक एकता, नेतृत्वप्रतिको सम्मान र राजनीतिक संस्कारको पक्षमा गरिएको स्पष्ट सन्देशका रूपमा लिइएको छ।

हाल कांग्रेसमा विशेष महाधिवेशनको विषयले आन्तरिक बहस चर्किँदै गएको सन्दर्भमा थापाको धारणा सार्वजनिक भएको हो । उनले लेखेका छन् ,‘नेकपा(एमाले)–वृद्ध बालाई अपमानपूर्वक वृद्धाश्रम धपाएर घर–सम्पति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन।चेतना भया ! ’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *