जेनजी- आन्दोलनमा जल्यो संसद भवन, माघ ४ गतेदेखि बोलाइएको राष्ट्रिय सभा बैठक कहाँ बस्छ ?
काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले आगामी माघ ४ गतेदेखि राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
अब राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । यसअघि राष्ट्रिय सभाको बैठक बस्ने बानेश्वरको संसद भवन जेन जी आन्दोलनमा जलेको छ ।
बैठक बस्ने ठाउँ नभएपछि सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।
संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको अधिवेशनका लागि विजनेसहरू पनि छन् । केही विधेयक र सरकारले ल्याएका अध्यादेशहरू रहेका छन् । त्यसका अलावा संसदीय समितिका अध्ययन प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू समेत रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment