इतिहासकै सबैभन्दा धेरै हेरिएको विश्वकप बन्यो इंग्ल्याण्ड विश्वकप

डिसी नेपाल
३१ भदौ २०७६ १२:३८

एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न १२ औँ संस्करणको एकदिवसीय विश्वकप क्रिकेट सर्वाधिक हेरिएको विश्वकप बनेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको तथ्यांकअनुसार यस विश्वकप सर्वाधिक धेरै हेरिएको विश्वकप बनेको हो । आईसीसीले सार्वजनिक गरेको तथ्यांकअनुसार इंग्ल्याण्ड विश्वकप १ दशमलब ६ अर्ब पटक हेरिएको छ । जुन विश्वकप सर्वाधिक हेरिएको विश्वकप मध्ये शीर्ष स्थानमा परेको हो ।

इंग्ल्याण्ड विश्वकपमा सन् २०१५ को विश्वकप भन्दा ३८ प्रतिशतले दर्शकमा वृद्धि भएको आईसीसीले जनाएको छ । वृद्धि भएको दर्शकको संख्या ७०६ मिलियन रहेको छ । जसमा ४१ प्रतिशत महिला रहेका छन् भने ३२ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् ।

यस विश्वकपले अर्को कीर्तिमान समेत बनाएको छ । १३ दशमलब ७ बिलियन घण्टा हेरिएको यस विश्वकप कुनै पनि आईसीसी प्रतियोगितामा धेरै घण्टा हेरिएको प्रतियोगिता बनेको हो ।

यस विश्वकप २० हजार घण्टा प्रत्यक्ष प्रशारण मार्फत हेरिएको थियो भने करिब २ सय देशका २५ ब्रोड्कास्टरबाट हाइलाइट्सहरु प्रशारण गरिएको थियो ।

विश्वकपको भारतविरुद्ध पाकिस्तानको खेल सर्वाधिक हेरिएको खेलमा परेको छ । विभिन्न माध्यमबाट यस खेल २ सय ७३ मिलियन पटक प्रत्यक्ष हेरिएको थियो भने ५० मिलियन भन्दा धेरैले विभिन्न माध्यमबाट पुन: हेरेका छन् ।

‘अचम्मलाग्दो दर्शक संख्याले क्रिकेट लोकप्रियता झल्काउँछ र दर्शकहरु विश्वभरबाट यसमा जोडिन आए,’ आईसीसीका प्रमुख कार्यकारी मनु स्वन्नेले भने, ‘क्रिकेटको रंगमंच र प्रत्यक्ष क्रिकेट बाध्यकारी बनेको छ । बढ्दो दर्शक संख्याले क्रिकेटको लोकप्रियता बढ्दै गरेको देखाएको छ ।’

यस्तै आईसीसीका मिडिया प्रमुख आरती दबासले समेत क्रिकेटमा थप समर्थकको वृद्धि भएको जनाएकी छन् । ‘धेरै समर्थकले प्रतियोगिता हेरे, विभिन्न ,माध्यमबाट धेरै घण्टा समेत हेरियो,’ दबासले भनिन, ‘प्रत्यक्ष क्रिकेट रुचाउनु भनेको नै क्रिकेटको लोकप्रियता बढेको प्रमाण हो । समर्थकहरु अझै यस खेलमा रमाउन चाहेका छन् । क्रिकेट खेल यो बेला उत्साहित भएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *