No ads found for this position
No ads found for this position

इतिहासकै सबैभन्दा धेरै हेरिएको विश्वकप बन्यो इंग्ल्याण्ड विश्वकप

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ १२:३८
No ads found for this position

एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न १२ औँ संस्करणको एकदिवसीय विश्वकप क्रिकेट सर्वाधिक हेरिएको विश्वकप बनेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको तथ्यांकअनुसार यस विश्वकप सर्वाधिक धेरै हेरिएको विश्वकप बनेको हो । आईसीसीले सार्वजनिक गरेको तथ्यांकअनुसार इंग्ल्याण्ड विश्वकप १ दशमलब ६ अर्ब पटक हेरिएको छ । जुन विश्वकप सर्वाधिक हेरिएको विश्वकप मध्ये शीर्ष स्थानमा परेको हो ।

इंग्ल्याण्ड विश्वकपमा सन् २०१५ को विश्वकप भन्दा ३८ प्रतिशतले दर्शकमा वृद्धि भएको आईसीसीले जनाएको छ । वृद्धि भएको दर्शकको संख्या ७०६ मिलियन रहेको छ । जसमा ४१ प्रतिशत महिला रहेका छन् भने ३२ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् ।

यस विश्वकपले अर्को कीर्तिमान समेत बनाएको छ । १३ दशमलब ७ बिलियन घण्टा हेरिएको यस विश्वकप कुनै पनि आईसीसी प्रतियोगितामा धेरै घण्टा हेरिएको प्रतियोगिता बनेको हो ।

यस विश्वकप २० हजार घण्टा प्रत्यक्ष प्रशारण मार्फत हेरिएको थियो भने करिब २ सय देशका २५ ब्रोड्कास्टरबाट हाइलाइट्सहरु प्रशारण गरिएको थियो ।

विश्वकपको भारतविरुद्ध पाकिस्तानको खेल सर्वाधिक हेरिएको खेलमा परेको छ । विभिन्न माध्यमबाट यस खेल २ सय ७३ मिलियन पटक प्रत्यक्ष हेरिएको थियो भने ५० मिलियन भन्दा धेरैले विभिन्न माध्यमबाट पुन: हेरेका छन् ।

‘अचम्मलाग्दो दर्शक संख्याले क्रिकेट लोकप्रियता झल्काउँछ र दर्शकहरु विश्वभरबाट यसमा जोडिन आए,’ आईसीसीका प्रमुख कार्यकारी मनु स्वन्नेले भने, ‘क्रिकेटको रंगमंच र प्रत्यक्ष क्रिकेट बाध्यकारी बनेको छ । बढ्दो दर्शक संख्याले क्रिकेटको लोकप्रियता बढ्दै गरेको देखाएको छ ।’

यस्तै आईसीसीका मिडिया प्रमुख आरती दबासले समेत क्रिकेटमा थप समर्थकको वृद्धि भएको जनाएकी छन् । ‘धेरै समर्थकले प्रतियोगिता हेरे, विभिन्न ,माध्यमबाट धेरै घण्टा समेत हेरियो,’ दबासले भनिन, ‘प्रत्यक्ष क्रिकेट रुचाउनु भनेको नै क्रिकेटको लोकप्रियता बढेको प्रमाण हो । समर्थकहरु अझै यस खेलमा रमाउन चाहेका छन् । क्रिकेट खेल यो बेला उत्साहित भएको छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *