साफ यू–१८ का लागि राष्ट्रिय टोलीको घोषणा
काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मंगलबार दोस्रो चरणमा रहेका २५ खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ नेपाली टोलीको अन्तिम छनोटबाट बाहिरिएका छन् ।
साफ यू–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।
नेपालले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाली टिमः
गोलरक्षकः विशाल सुनार, सुर्य अधिकारी, पुजन होना
डिफेन्डरः बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन
मिडफिल्डरः शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा
स्ट्राइकरः ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी
No ads found for this position

डिसी नेपाल
Facebook Comment