हिमालयन बैंकको ३३ औं साधारण सभा

डिसी नेपाल
३० पुष २०८२ १५:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१÷०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बंैकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२÷०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रंजीव एण्ड एसोसिएट्सलाई पुनः नियुक्त गरेको छ ।

यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.