सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन

डिसी नेपाल
३० पुष २०८२ १८:४६
28
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुनेगरी काम गर्न आग्रह गरे।

सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासीक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे।

गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावना अनुसार सुशासन कायम गर्न,भ्रष्ट्राचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्ने गरी जनताको पक्षमा काम गर्न आग्रह गर्दै उनले सकारको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।

नवनियुक्त अध्यक्ष भण्डारीले सरकारको प्रस्ताव स्वीकार गरी गर्भिलो इतिहास बोकेको संस्थानको अध्यक्ष बनेको भन्दै आफ्नो योग्यता र क्षमताले भ्याए सम्म संस्थानको सुधार गर्दै जनताको पक्षमा काम गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.