राष्ट्रिय सभा सदस्य बोहराको निधन

डिसी नेपाल
३० पुष २०८२ १९:२४
2.1k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ।

कम्मरको उपचाररत बोहराको आज दिउँसो निधन भएको हो। उनी सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर निवासी हुन्।

हाल ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्नै आएका थिए।

उनले वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक जीवन सुरु गरेका थिए।

प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति बनेका उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार थिए।

२०७० सालमा संविधान सभा सदस्य भएर उनले काम गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *