No ads found for this position
No ads found for this position

आइसीसीको टेस्ट वरियतामा अस्ट्रेलियाका खेलाडीको दबदबा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ १३:५४
No ads found for this position

काठमाडौं । एशेज सिरिजपछि आइसीसीले जारी गरेको नयाँ टेस्ट वरियतामा अस्ट्रेलियाली खेलाडीकै दबदबा देखिएको छ । ५ खेलको सिरिज २-२ ले बराबरीमा सकिएपछि ब्याटिंग र बलिङको वरियतामा अस्ट्रेलियाका खेलाडी नै शीर्ष स्थानमा रहेका छन् ।

टेस्ट च्याम्पियनसिप अन्तर्गत खेलिएको एशेज सिरिजपछि सिरिजमा ७७४ रन बनाएका अस्ट्रेलियाका स्टिभ स्मिथ ब्याटिंगको वरियतामा शीर्ष स्थानमा कायम रहेका छन् भने बलिङको वरियतामा अस्ट्रेलियाकै पाट कमिन्स शीर्ष स्थानमै रहेका छन् । स्मिथ ९३७ अंकसहित पहिलो स्थानमा छन् भने भारतीय कप्तान विराट कोहली ३४ अंक कम ९०३ अंकसहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै न्युजील्याण्डका कप्तान केन विलियाम्सन ८७८ अंक सहित तेस्रो, भारतका चेतेश्वर पुजारा ८२५ अंकसहित चौथो र न्युजील्याण्डका हेनरी निकोल्स ७४९ अंकसहित पाँचौ स्थानमा रहेका छन् ।

त्यस्तै बलिङतर्फको वरियतामा एशेज सिरिजमा २९ विकेट लिएका अस्ट्रेलियाका पाट कमिन्स ९०८ अंकसहित शिर्ष स्थानमा रहेका छन् । त्यस्तै दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागीसो रबाडा ८५१ अंकसहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै भारतका जसप्रित बुम्राह तेस्रो, वेस्टइन्डिजका कप्तान जेसन होल्डर चौथो र दक्षिण अफ्रीकाका वर्नन फिलान्दर पाँचौ स्थानमा रहेका छन् ।

त्यस्तै इङल्याण्डबाट टेस्ट डेभ्यु गरेका तिब्र गतिका बलर जोफ्रा आर्चरले सिरिजमा २२ विकेट लिएसँगै वरियतामा समेत छलांग मारेका छन् । डेभ्यु हुदा ८३औ स्थानमा रहेका आर्चर ४६ स्थान हुदै अहिले ३७औ स्थानमा पुगेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *