रविको मुद्दा फिर्ता गर्ने निर्देशनविरुद्ध युवराज सफल सर्वोच्चमा

डिसी नेपाल
२ माघ २०८२ १२:१८
6.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको अभियोगमा संशोधन गरेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धिथ अभियोजकलाई दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएकाे छ।

युवराज पौडेल (सफल) ले बुधबार रिट पेश गरेका हुन्।  पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन्।

सफलले महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै पेश गरेको रिटमा सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरुले अध्ययन गरिरहेका छन्। पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम पनि रहेको भन्दै कामकारवाही अघि नबढाउन अन्तरिम आदेश पनि माग गरेका छन्।

महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते रविको अभियोजन संशोधन गर्न सम्बन्धित जिल्ला न्यायाधिवक्ता कार्यालयलाई निर्देशन दिने निर्णय गरेको थियो। सफलले सो निर्णय र यही निर्णयका आधारमा भएका पत्राचारहरूलाई बदर गर्न र यो मुद्दाको कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश मागेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.