कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर गर्दैन : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन्।
शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस बिभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उव्जिएको भन्दै चूनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन्।
निर्वाचनको मुखमा ठूलो पार्टी बिभाजन हुनु कसैको लागि राम्रो नभएको उनको भनाइ छ। प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगाएत सुरक्षा निकायसंग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे।
सवै पार्टीहरु निर्वाचनतिर नै केन्द्रीत भएकाले निर्वाचन हुनेमा ढुक्क हुन उहाले आग्रह गरे। प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट बितरण सुरु गरिसकेको बताए।
प्रचण्डले अहिलेको अवस्थामा निर्वाचन बाहेक अरु कुनै बिकल्प नभएको भन्दै अन्य बिकल्पमा सोच्न थालिए दुर्घटना निम्त्याउने कारक बन्न सक्ने धारणा राखे।
कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेणु दाहालले जिर्ण भवनवाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताइन्। उक्त ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माण भएको महानगरले जनाएको छ।







डिसी नेपाल







Facebook Comment