प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए।
उनले भने, ‘मैंले वार्ता भंग गरेको हुँ। सरकारसँग कुनै वैधानिकता छैन्, भएपनि वार्ता भंग गरें। त्यसपछि फेरि चिठी पठाउनु भएको थियो। माघ २ गते वार्तामा आइदिनु भन्नुभएको थियो। जे भएपनि महिला प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको किन चित्त दुखाई दिनु भनेर म वार्ताको लागि आएको मात्र हो।’
सरकारसँग कुनै वैधानिकता नभएको कारण वार्ता भंग गरेको पनि उनको भनाई छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment