चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरको सचेतना आवस्यक छ : प्रधानमन्त्री कार्की

डिसी नेपाल
२ माघ २०८२ १६:३४

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्।

शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसंगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चूनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन्। अब इमान्दार नेतृत्व आउनुपर्ने र युवाको भावनाअनुसार शासन चल्नुपर्ने उनको भनाइ छ।

भेटका क्रममा घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको थियो।

साथै घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए।




प्रतिक्रिया

One thought on “चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरको सचेतना आवस्यक छ : प्रधानमन्त्री कार्की

  1. 100 % sahi kura, Ramra kam dekhayera man jite pachhi matrai janta le patyaune ho, paisa kholo bagayera chunab jitnu vaneko sidhai dhadali garnu ho,yesta gatibidhi banda hunu parchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *