विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने अनुदान सहायता सरकारद्वारा स्वीकृत
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् बैठकले विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
उनले भने, ‘नेपालमा मानव तथा बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाको लागि विश्व वातावरण सुविधाबाट, विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।’
यस्तै, बैठकले सहकारीमा भएको वेतिथि सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्व न्यायाधिश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको वेतिथि सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा महोम्मद सफि उल्लाहालाई मनोनयन गर्ने निर्णय गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment