विश्वप्रकाशको आग्रह- अब एकताबद्ध बनौं
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सबैलाई एकतावद्ध हुन आग्रह गरेका छन्। शुक्रबार निर्वाचन आयोगले पार्टी सभापति गगन थापालाई आधिकारिक मान्यता दिएसँगै उपसभापति शर्माले उक्त आग्रह गरेका हुन्।
उनले सबै आवेग विर्सेर एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका हुन्। ‘अब पूरानो आवेगका कुरा विर्सेर हामी एकतावद्ध भएर अगाडि बढ्नुपर्छ,’ उनले भने।
उनले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूका बीचमा दरार राख्नसमेत आग्रह गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment