च्याम्पियन्स लिगमा नेइमारमाथि लागेको प्रतिबन्ध घटाइयो
काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा नेइमारमाथि लागेको ३ खेलको प्रतिबन्ध घटेको छ। नेइमारमाथि गत सिजन यूइएफएले ३ खेलको प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्ध ३ बाट घटेर २ मा झरेको बीबीसी स्पोर्ट्सले जनाएको छ। खेलकुदको लागि मध्यस्थताको अदालतले नेइमारमाथि लागेको प्रतिबन्ध घटाएको हो।
गत सिजन पीएसजी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदा उनले युनाइटेडविरुद्ध सामाजिक संजालमा अभद्र टिप्पणी गरेका थिए। नेइमारले खेलको इन्जुरी समयमा युनाइटेडलाई पीएसजीविरुद्ध पेनाल्टी दिनु रेफ्रीको लज्जास्पद निर्णय भएको बताएका थिए। उक्त खेल क्वाटर फाइनल प्रवेशका लागि भएको थियो। युनाइटेडले उक्त खेल ३–१ ले जितेको थियो। प्रतिबन्ध कम भएपनि नेइमारले बुधबार रियल मड्रिडविरुद्ध खेल्न पाउने छैनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment