बल्ल भयो काठमाडौं पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा

डिसी नेपाल
३१ भदौ २०७६ १७:३४

काठमाडौं । मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ।

देशका विभिन्न विकट ठाउँहरुमा पनि वर्षाैं अगाडि नै खुला दिसा मुक्त क्षेत्र घोषणा हुँदा पनि संघीय राजधानीमा भने खुला दिसा मुक्त हुन सकेको थिएन।

मंगलबार जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंलाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ।

‘स्मार्ट सिटी’ बनाउने चर्चा कमाएको काठमाडौंलाई ढिला गरी खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुलाई लज्जाबोधको रुपमा हेरिएको छ।

काठमाडौं उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो।

नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीलाई घोषणा गरिएको थियो । यही असोज १३ गते सरकारले नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ ।

सरकारले सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न शौचालय निर्माणका लागि मात्रै ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भईसकेको पनि सार्वजनिक गरिसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *