बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

डिसी नेपाल
५ माघ २०८२ २०:३२
28
Shares

ढोरपाटन (बागलुङ) । यहाँको ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको लु१च ५५७१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–७ की ४० वर्षीया रेशमाया श्रीस, सोही ठाउँका आठ वर्षीय सरोज श्रीस, निसीखोला गाउँपालिका–६ की १५ वर्षीया मनिषा बुढा मगर, ढोरपाटन नगरपालिका–२ की २८ वर्षीया जुना थापा र चालक चालक ढोरपाटन–७ का २८ वर्षीय सुजन घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए।

घाइते पाँचै जनालाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरी बुर्तिबाङ अस्पतालमा ल्याइएको प्रहरी निरीक्षक थापाको भनाइ छ। गाडीको ब्रेकफेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *