जबरजस्तीकरणी गरेको अभियोगमा एक युवक पक्राउ
सांकेतीक फाेटाे-
झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका १ सितापुरी चौक बस्ने २३ वर्षीय सरोज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सरोजले सोमबार राति किशोरीलाई घरदेखि करिब ५ सय मिटर पर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
साथै सोही घटनामा संलग्न सरोजका दाजु २५ वर्षीय गणेश श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment