सिजनको पहिलो खेलमै बार्सिलोनाको गोलरहित बराबरी

डिसी नेपाल
१ असोज २०७६ ५:५८

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसंग गोल रहित बराबरी खेलेको छ ।

मंगलबार राति भएको समुह एफको खेलमा बार्सिलोनाले डर्टमण्डसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली डर्टमण्ड पेनाल्टीमा चुक्दा बार्सिलोना अंक खोस्न सफल भएको हो । मार्को रिउसको प्रहारलाई पाहुना टोलीका गोलकिपर स्टेगनले असफल बनाउँदा डर्टमण्ड बराबरीमा रोकिएको हो ।

दोस्रो हाफमा बार्सिलोनालाई दबाबमा राखेको डर्टमण्डले गोल गर्न भने सकेन् । बार्सिलोनाले १६ बर्षका युवा स्टार अंशु फातीलाई सुरुवाती लाईन अपमै मौका दिएको थियो ।

मुख्य फरवार्ड लियोनल मेस्सीले भने बेन्चबाट नयाँ सिजनको सुरुवात गरेका थिए । तर चोटबाट मैदान फर्किएका मेस्सीले खेलमा खासै प्रभाव देखाउन सकेनन् ।

बार्सिलोनाको जर्सीमा फतीले कीर्तिमान कायम गरे । १६ बर्ष ३ सय दिनमा बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने फाती सबैभन्दा कान्छो उमेरको खेलाडी बने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *