No ads found for this position
No ads found for this position

सिजनको पहिलो खेलमै बार्सिलोनाको गोलरहित बराबरी

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ असोज २०७६ ५:५८
No ads found for this position

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसंग गोल रहित बराबरी खेलेको छ ।

मंगलबार राति भएको समुह एफको खेलमा बार्सिलोनाले डर्टमण्डसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली डर्टमण्ड पेनाल्टीमा चुक्दा बार्सिलोना अंक खोस्न सफल भएको हो । मार्को रिउसको प्रहारलाई पाहुना टोलीका गोलकिपर स्टेगनले असफल बनाउँदा डर्टमण्ड बराबरीमा रोकिएको हो ।

दोस्रो हाफमा बार्सिलोनालाई दबाबमा राखेको डर्टमण्डले गोल गर्न भने सकेन् । बार्सिलोनाले १६ बर्षका युवा स्टार अंशु फातीलाई सुरुवाती लाईन अपमै मौका दिएको थियो ।

मुख्य फरवार्ड लियोनल मेस्सीले भने बेन्चबाट नयाँ सिजनको सुरुवात गरेका थिए । तर चोटबाट मैदान फर्किएका मेस्सीले खेलमा खासै प्रभाव देखाउन सकेनन् ।

बार्सिलोनाको जर्सीमा फतीले कीर्तिमान कायम गरे । १६ बर्ष ३ सय दिनमा बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने फाती सबैभन्दा कान्छो उमेरको खेलाडी बने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *