राष्ट्रियसभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल विजयी

डिसी नेपाल
११ माघ २०८२ १७:३९
328
Shares

काठमाडौं । कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन्।

अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार बनेकी एमालेकी मिनासिं रखाल राष्ट्रियसभामा निर्वाचित भएका हुन् ।

आज भएको मतदानमा ९६.४६ मत खसेको थियो। कुल १९८ मतदाता सङ्ख्यामध्ये १९१ मत खसेको हो। नेकपाका दुवै उम्मेदवार भने पराजित भएका छन्।

प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन्। स्थानीय तहतर्फ १५८ मतदाता सङ्ख्यामध्ये १५२ मत मात्रै खसेको थियो। स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन्।

खसेको मतमध्ये एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी छन्। कांग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.