टि–२० विश्वकपमा नेपालको खेलको टिकट बिक्री भारतपछि दोस्रो
काठमाडौं । टि–२० विश्वकपमा नेपालको खेल दर्शकहरुको रोजाइमा परेको छ । भारतमा र श्रीलंकामा हुने विश्वकपमा नेपालका समूह चरणका सबै खेल मुम्बइको वानखेडे स्टेडियममा हुँदैछन् । नेपालको खेलको टिकट बिक्री आयोजक भारतकै खेलपछि दोस्रो सबैभन्दा धेरै छ ।
मुम्बइ मिरर पत्रिकाको एक रिपोर्टअनुसार नेपालको खेलको टिकट बिक्री भारतका खेलको बिक्रीपछि दोस्रो स्थानमा रहेको यस विषयमा जानकार स्रोतले बताएको छ । नेपालले फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध, फेब्रुअरी १२ मा इटलीविरुद्ध, फेब्रुअरी १५ मा वेष्ट इण्डिजविरुद्ध र फेब्रुअरी १८ मा स्कटल्याण्डविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment