हिउँले ढाकेको बाजुराको कालाजग्रा–पोरखेगढी (तस्बिरहरू)
बाजुरा। बाजुराको पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी यतिवेला हिउँले ढाकिएको छ। बडीमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी सेताम्य हिउँले ढाकिएको छ।
पोरखेगढि अहिले पुरै हिँउको तन्नामा सुतिरहेको देखिन्छ। वरपरको रमाइलो दृश्य,सेताम्य भएका हँसिला डाँडापाखा,सेताम्य हिँउसंगै नाँचिरहेको प्रकृति निकै सुन्दर अनि रमणीय छ।
सिरसिरे चिसो, ठण्डा हावापानीले अहिले उक्त पर्यटकीय क्षेत्रमा अत्याधिक जाडो हुने गरेको छ।
हिउँको घर बनाउन,हिउँमा चिप्लेटी खेल्न र रमाइलो गर्नको लागी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन्। कालाजग्रा पोरखेगढीको थप पर्यटन,प्रबद्र्धन गर्न सकेको खण्डमा आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास गरिएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment