आज भारत र दक्षिण अफ्रिकामध्ये एउटाको रेकर्ड तोडिने, टि–२० मा दुवैको छ अनौठो रेकर्ड

डिसी नेपाल
१ असोज २०७६ ११:४४

काठमाडौं। आज भारत र दक्षिण अफ्रिकाबीच हुने टि–२० खेलमा कुनै एक टिमको रेकर्ड तोडिनेछ । आज हुने सिरिजको दोस्रो खेल मोहालीको आइएस बिन्द्रा स्टेडियममा खेलिँदैछ । आज साँझ नेपाली समयअनुसार सवा ७ बजे सुरु हुने खेल कुनै कारणवश रद्द नभएमा भारत र दक्षिण अफ्रिकामध्ये कुनै एकको रेकर्ड तोडिनेछ ।

अहिलेसम्म भारत र दक्षिण अफ्रिकाबीच १३ टि–२० खेल भएका छन् । अहिलेसम्म भएका टि–२० मध्ये भारतले ८ र दक्षिण अफ्रिकाले ५ टि–२० जितेका छन् । २ खेल भने रद्द भएका थिए । यी खेलमा दुवै टिमको रेकर्ड छ । दक्षिण अफ्रिकाले भारतमा आएर भारतसँग कुनै पनि टि–२० हारेको छैन । अहिलेसम्म यी दुईबीच भारतमा २ खेल भएका छन् र दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ । रद्द भएका २ खेल भारतमै हुनुपर्ने थियो तर वर्षाले रद्द भयो ।

अर्कोतर्फ आज खेल हुने मैदानमा भारतको पनि आफ्नै रेकर्ड छ । यो मैदानमा भारतले अहिलेसम्म कुनै पनि टिमसँग टि–२० खेल हारेको छैन । यतोमा आजको खेल रद्द नभएमा दुईमध्ये कुनै एक टिमको रेकर्ड तोडिनेछ । यदि आज भारतले जितेमा दक्षिण अफ्रिकाको भारतमा आएर भारतसँग कुनै पनि टि–२० नहारेको रेकर्ड तोडिनेछ । दक्षिण अफ्रिकाले जितेमा भारतको मोहालीमा कुनै पनि टि–२० नहारेको रेकर्ड तोडिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *