राष्ट्रपति पौडेललाई जापानमा ‘गार्ड अफ अनर’
जापान (टोकियो) । राष्ट्रपति रामचन्द्र पौडेललाई आज यहाँ ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान पुगेका थिए।
उनले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शीष्टाचार भेट गरेका थिए।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment