संसद पुनर्स्थापनाबारे चुनाबअघि सुनुवाइ नहुने भएपछि गोकुल बास्कोटाको व्यङ्ग्य
काठमाडौं । संसद पुनर्स्थापनाको माग गरिएको रिटमाथि चुनाबअघि सुनुवाई नहुने गरी सर्वोच्च अदालतले हिजो अर्को पेशी तोकिदिएपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले व्यङ्ग्य गरेका छन् ।
बास्कोटाले लेखेका छन् – ‘सर्बोच्चले संसद पुनस्थापनाको आशामा हिउँ वर्षाएछ, अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनाबमा गठबन्धन नेताको मनबन्धन जनताको हुन्छ। गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ। अन्तिममा म्याच फिक्सिङको मौका भने छदैछ।’
बास्कोटा यसपटकको निर्वाचनमा उम्मेदवार छैनन् । काभ्रेपलाञ्चोक २ बाट अघिल्लो चुनाब जितेका बास्कोटाको ठाउँमा यसपटक एमालेले अशोक ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । ब्याञ्जु यसअघि धुलिखेल नगरपालिकाको मेयर थिए ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment