रास्वपाबाट उम्मेदवार सिफारिस कुँवरले त्यागे पार्टी

डिसी नेपाल
२२ माघ २०८२ १५:१९
6.7k
Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका एक नेताले पार्टी परित्याग गरेका छन्। रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका हुन्।

पार्टीले प्राइमरी इलेक्सन गरेर मात्रै उम्मेदवार छनोट गर्ने बताएकोमा त्यस्तो नगरी उम्मेदवार छनोट गरेकाले आफूले पार्टी परित्याग गरेको उनले बताएका छन्।
रुपन्देही–१ बाट कुँवरसहित ६ जनाको नाम सिफारिस भएकोमा रास्वपाले सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो।

उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन्।

लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *