जनताको अपेक्षाअनुसार कांग्रेस परिवर्तन भयोः प्रवक्ता चालिसे

डिसी नेपाल
२२ माघ २०८२ २१:११
32
Shares

चितवन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनताको अपेक्षाअनुसार कांग्रेस परिवर्तन भएको बताएका छन्।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता चालिसेले जनताले चाहेअनुसार सुधार गर्दै स्पष्ट दिशासहित कांग्रेसमा परिवर्तन भएको बताए।

उनले भने, ‘कांग्रेसलाई जनताको चाहनाअनुसर सुधारेका छौँ, बदलेका छौँ, सच्याएर जनतामाझ ल्याएका छौँ।’ कांग्रेस एक भएको सन्देश लिएर जनता माँझ गएको प्रवक्ता चालिसेको भनाइ थियो। जनताले अपेक्षा गरेअनुसार कांग्रेस अहिले चुनावी मैदानमा उत्रेको उनले बताए।

प्रवक्ता चालिसेले कांग्रेसप्रति जनतामा पुनःविश्वास र प्रेमभाव देखिन थालेको बताउनुभयो । निराश भएका नागरिक जागृत भएका र अघिल्लो निर्वाचनमा गुमाएको मत फिर्ता आउने सङ्केत देखिएको उनले उल्लेख गरे। नयाँ मतदातामा आशा पलाएको उनको भनाइ थियो।

जनताको विश्वासलाई आधार बनाएर कांग्रेस देशव्यापी प्रचारमा जुटेको प्रवक्ता चालिसेले बताए। राजनीतिक दल वा व्यक्तिको अनुहारभन्दा विचार र मुद्दामा आधारित हुने उल्लेख गर्दै उनले वर्तमान तथा भविष्यलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.