संविधानको परिधि भित्रैबाट हिन्दु राष्ट्रका लागि लड्छु : कमल थापा
फाइल तस्बीर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधि भित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि लडाईँ लड्ने बताएका छन्।
अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना पार्टीको अडान भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न संविधानको परिधिभित्रै बसेर लडाईँ गर्ने बताए। उनले संविधान निर्माणमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको आफ्नो पार्टीले संविधान कार्यान्वयनमा पनि सोही अनुसारको सहयोग गरिरहेको बताए। बुधबार काठमाडांैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बिद्रोहको बाटो आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे।
अध्यक्ष थापाले संविधानमा त्रुटि भेटिएको दावी गर्दै त्यसलाई सच्याउने गरी बहसमा आउन पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment