दुर्गा प्रसाईं पक्राउ

डिसी नेपाल
२३ माघ २०८२ १४:०४
1.4k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले शुक्रबार चाल्नाखेलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रसाइविरुद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको हो । उजुरी निर्वाचन आयोगले दिएको थियो । आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२को ४ (ख) बर्खिलाप हुने गरी कसुर गरेको र विद्युतीय कारोबार ऐन २०७४को दफा ४७ बमोजिमको कसुर गरेको भन्दै प्रहरीलाई पत्राचार गरेको थियो।

प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *