टिकट पाएकै उम्मेदवार प्रलोपाबाट निष्कासित

डिसी नेपाल
२३ माघ २०८२ १६:४०
13.9k
Shares

बुटवल । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासित गरेको छ।

पार्टी हित विपरीत व्यक्तिवादी गतिविधिमा संलग्न भएको अभियोगमा उनलाई पार्टीले निष्कासन गरेको हो। काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि निष्कासन गरिएको प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उम्मेदवार बनेपछि अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निश्कासन गरिएको प्रलोपाले जनाएको छ। उनलाई पार्टीबाट निष्कासन गरेसँग अब कसलाई समर्थन गर्ने वा के गर्ने भन्ने विषयमा पार्टीको वैठकले छिट्टै निर्णय लिने राइले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *